🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आसन्न निर्वाचन, विदेशी आंकलन र योजना

केही दिन पछि मंसिर ४ गते, २०७९ मा नेपालमा आगामी ५ वर्षका लागि प्रतिनिधि सभा नाम राखिएको केन्द्रीय व्यवस्थापिका, एक संघीय र ७ प्रदेश सरकार निर्माण थलोको निर्वाचन आसन्न छ । 

तर, १ वर्ष ९ महिना अघि नै २४ फेब्रुअरी २०२१ (तद्नुसार २०७७ फागुन १२ गते ) मै ‘द हिन्दुस्तान टाइम्स’मा नेपालबारे बराबर लेख्ने गरेका नयाँ दिल्लीका चर्चित पत्रकार प्रशान्त झाको प्रकाशित लेखको एउटा पंक्ति यस्तो थियो, ‘‘र भारतले सोच्यो कि एउटा निर्वाचनले अंकगणितीय रुपले बढी मैत्रीपूर्ण सदन फ्याँक्ने छ’ (And India thought that an election would throw up a more friendly arithmetic in the House

 
‘सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) को एकता र प्रभुता चकनाचुर भयो ।’ हामीहरुले पनि प्रत्यक्ष देखिसकेका छौं कि काठमाडौंमा विगत २०७७, २०७८ र २०७९ मा के के भयो । दुईपटक संसद भंग भयो, त्यत्रो शक्तिशाली नेकपा सर्वाेच्च अदालतको २०७५ मा दायर ऋषिकेशको मुद्दाको २०७८ मा फैसला भयो । माग दाबी नै नभएको कुरा समेत फैसलामा आयो । 

त्यसभन्दा पनि अघि काठमाडौंबाट प्रकाशित हुने एक साप्ताहिकमा विश्व स्वास्थ्य संगठनको कार्यक्रममा उपेन्द्र यादव दिल्ली गएको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नेशनल सेक्युरिटी एडभाइजर अजित डोभलले उपेन्द्र यादवलाई अघिल्तिर राखेर अध्यक्षजी (महन्थ ठाकुर)लाई फोन गर्नु भएको थियो, ‘ठाकुर निकट सम्बन्ध राख्ने राजपा नेताले भने कि ओली सरकारले चीनलाई दक्षिण एसियाकै ढोकामा असीमित पहुँच दिन थालेको भन्दै संस्थापन पक्ष सशंकित मात्रै छैन, नाकाबन्दी निस्तेज पार्दै चुनावमार्फत अनुमोदित नेपाल सरकारसँग सम्बन्ध पुरानो सौहार्दतातर्फ फर्काइ छाड्नुपर्ने चुनौती पनि छ । ….अढाई वर्ष पछि हुने चुनावमा नेपालमा त्रिशंकु (हंग पार्लियामेन्ट) हुने आंकलन छ ।’

यो अढाई वर्ष संसदको कार्यकाल रहँदैको आंकलन हो । त्यस समय भारतीय गुप्चतर एजेन्सी ‘रअ’ का स्टेशन चीफ अभिजित हल्दर आज पनि निरन्तर सोही पदमा कार्यरत छन् । ‘नेपाललाई तदर्थ देश (Ad hoc Country) भन्दै अन्तमा भारतको प्रभाव धेरै छ । यसमा जासुसहरुले मन परेका पार्टीहरु फोड्दै आएका छन् ।’ भनि २२–२८ जुन २०१३ को अन्तर्राष्ट्रिय साप्ताहिक The Economist मा प्रकाशित कुरा टिपेर राखेको सम्झें । एमाले, माओवादी मिलेर चुनाव लडेपछि पाँच वर्ष अघि २०७४ को निर्वाचन पछि ३ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री भए ।

२०७५ जेठ ३ गते एमाले र माओवादी पार्टीको एक अर्कामा विलयन (मर्जर) भई बलियो एउटा नेकपा पार्टी बन्यो । जसको केन्द्रमा प्रधानमन्त्री र ७ मध्ये ६ वटा मुख्यमन्त्री भएका थिए । २७५ को केन्द्रीय(संघीय) संसदमा जसको १७४ प्रतिनिधि सभा सदस्य नेकपा पार्टीका भएका थिए । 

नेकपा पार्टीका केपी ओली र प्रचण्ड दुई एक साथ अध्यक्ष भएका थिए । प्रधानमन्त्रीको कार्यकाल पनि ५ वर्षको आधा आधा समयको वचनवद्धता भएको थियो । तर, हामीले देख्यौं, नेपालमा सँधै अस्थिरता र राजनीतिक दल टुटफुटमा रमाउने दक्षिणी छिमेकी सरकार र यसका एजेन्सीहरुले के के गुप्त खेल खेलेछन् ? त्यसबारे नेपालका पत्रपत्रिका र पत्रकारहरुभन्दा पनि भारतीय नाम चलेका नयाँ दिल्लीका पत्रकार र लेखकहरुको कथन र लेखन उद्धरण गर्नु बढी उपयुक्त जस्तो लाग्छ । 

द हिन्दुस्तान टाइम्स (जनवरी ८, २०२१) तदानुसार (२०७७ पुस २४) को लेखमा एसडी मुनिले लेखेको कुरा फेरि याद दिलाउँ, जसमा उनी स्पष्टसँग भन्दछन्, ‘भारतले आफ्नो कार्डहरु बडो सावधानी र धूर्ततापूर्वक खेल्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्वतन्त्रता दिवस (१५ अगस्ट २०२०) मा केपी ओलीको टेलिफोन सन्देशको सकारात्मक जवाफ दिए । एकपछि अर्काे महत्वपूर्ण भ्रमणहरु भारतबाट गरिए । ‘रअ’ का प्रमुख, प्रधान सेनापति, परराष्ट्र सचिव अक्टोबर २२, नोभम्बर ४ र नोभेम्बर २३ मा क्रमशः भ्रमण गरिए । यी सबै भ्रमणहरु ओलीको अन्तरपार्टी कलह माझ गरिए । ‘…..ओलीलाई पार्टी फोडेर भए पनि सत्ता नछाड्ने साहस प्रदान गरियो ।’

 
‘सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एनसीपी) को एकता र प्रभुता चकनाचुर भयो ।’ हामीहरुले पनि प्रत्यक्ष देखिसकेका छौं कि काठमाडौंमा विगत २०७७, २०७८ र २०७९ मा के के भयो । दुईपटक संसद भंग भयो, त्यत्रो शक्तिशाली नेकपा सर्वाेच्च अदालतको २०७५ मा दायर ऋषिकेशको मुद्दाको २०७८ मा फैसला भयो । माग दाबी नै नभएको कुरा समेत फैसलामा आयो । 

कहाँ कहाँ, कसरी कसरी, कस कसबाट के के भयो ? त्यसपछि बल्ल कम्युनिष्ट पार्टी एकबाट वैमनस्यतापूर्ण तीन पार्टी भयो । २०७९ मंसिर ४ गतेको निर्वाचनपछि बन्ने त्रिशंकु संसदको खाका लगभग एक वर्ष अघि नै स्पष्टसँग कोरियो । 

अलग अलग संगठन, अलग अलग सोच र अलग अलग लक्ष्य भएका गठबन्धनहरुको प्रतिस्पर्धामा जो जो शक्ति जिते र जो जो हारे पनि आगामी संसद त्रिशंकु हुने र वर्षाैंदेखिका गुप्त खेल र विदेशी पूर्व आंकलन बमोजिम नेपाल देशका आगामी दिनहरु पुन अस्थिरतायुक्त, राजनीतिक खिचातानी पुरानै रोग र समयले निरन्तरता पाउने  आंकलन माथि उल्लेखित घटना क्रमको विश्लेषण गर्दा अहिले नै गर्न सकिन्छ । हेरौं २०७९ मंसिर ४ गते पछि के हुन्छ ?