🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वालिङ–जगत सडकखण्ड अवरुद्ध

स्याङ्जाको वालिङ–जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ– ५ झल्र्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो ।

गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ– ५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई तीन पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध भएसँगै सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन् । दसैँ बिदाका बेला अपरेटर टीका थाप्न घरघरमा रहेको हुँदा केही ढिला भएको छ ।

अपरेटरलाई खबर गरिएको र उनीहरु बिहानै आइसकेकाले जतिसक्दो छिटो अवरुद्ध सडक खुलाउन प्रयास गरिने उहाँको भनाइ थियो  ।

अरु बेलामा पनि सवारीसाधनको चाप बढी हुने यस सडकमा दसैँको बेला झनै बढी चाप हुने गर्छ । अवरुद्ध बाटो खुलाउन कम्तीमा पनि चार÷पाँच घण्टा लाग्नसक्ने वडाध्यक्ष आलेले बताउनुभयो । मङ्गलबार रातिदेखि अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको छ ।
–––