🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा जनस्वास्थ्य सेवा शिविर सम्पन्न

काठमाडाैं । नेपाली सेनाले सामाजिक कार्य अन्तरगत विभिन्न कार्य गर्दै आएकाे छ । नेपाली सेनाका गण, बाहिनी, पृतनाहरूले स्थानीय सरकार र जनताहरूसँग सहकार्य गर्दै आआफ्नाे क्षेत्र अन्तरगत, खानेपानी, चैतारा, पार्क, बाटाेघाटाे मर्मत सम्भार गर्दै आएकाे छ ।

 यसै सिलसिलामा धनकुटा जिल्ला, शहीदभूमि गा.पा.-३, छिन्ताङ्गमा  २०७९ असाेज १३ गते भीमदल गणको संयोजकत्वमा  नं.२ फिल्ड एम्बुलेन्स गुल्म जन स्वास्थ्य सेवा प्रदान गरेकाे छ ।

नेपाली सेनाकाे भीमदल गणको संयोजकत्व र समन्वयमा  साे कार्य  जिल्ला जनस्वास्थ्य कार्यालय,  जिल्ला अस्पताल,  डा. राम प्रसाद पोखरेल आँखा अस्पताल, हलेसी डेन्टल क्लिनिक लगायत स्थानीय निकाय तथा अन्य सरोकालवाला निकायहरुको संयुक्त प्रयासमा  एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरमा जम्मा २८१ जना स्थानीय लाभान्वित भएकाे नेपाली सेनाकाे भीमदल गणले जानकारी दिएकाे छ ।