🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भलिबलको उपाधि योङ्ग स्टारलाई

 

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–७ दुवाचौरमा आयोजित जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक योङ्ग स्टार युवा क्लबले जितेको छ । आज सम्पन्न फाइनलमा सृजनशील युवा क्लब मेलम्ची–७ छापलाई ३–० को सोझो सेटमा हराउँदै योङ्ग स्टारले उपाधि जितेको हो । योङ्गस्टारले २७–२५, २५–२३ र २५–२३ अङ्कले खेल जितेको हो ।

त्यस्तै प्रतियोगितामा जुगल गाउँपालिका तेस्रो भयो भने हेलम्बुले सान्त्वनामा चित्त बुझायो । बिहीबारदेखि भएको खेलमा आठ टोली सहभागी भएका आयोजक क्लबका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । उपाधिसँगै योङ्ग स्टारले रु ७० हजार तथा दोस्रो, तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार प्राप्त गरे ।