🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकहरू पक्राउ

लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले नागढुङगा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा २ जना चालकलाई २०७९ असाेज १० गते साँझ नागढुङगा सडक खण्डमा फेला पारेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

  बा ३ ख ६१३७ नम्बरको बस चालक रामेछापको उमाकुण्ड गाउँपालिका २ का २६ बर्षीय लाल बहादुर कार्की र बागमती प्रदेश ०३ – ००१ च २०६४ नम्बरको डीआई गाडिका चालक पुर्वी नवलपरासीको कावासोती १३ का २५ बर्षीय सागर बि.क. लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी प्रभाग बलम्बुमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

  सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो ।

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिईएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।