🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दशकपछि आयोजकले जित्यो २०औँ लिस्नुकपको उपाधि

भैरहवा, ४ असोज : रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ ।

\"\"

पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो । आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो ।  

एक नाइजेरीयन खेलाडी फोडे फुफानासहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा १ गोल मात्र गर्न सफल थियो भने फर्साटिकर २ गोल गर्दै अग्रस्थानमा थियो। त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुनः १ गोल गरेपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो । खेल बराबरीमा सकिएको थियो ।

ट्राइब्रेकरमा ५र५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुन: ४-४ गोल भयो।  त्यसपछि पनि ३-३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन ।  सँगै गोल किपरको प्रहार पनि जित हारको साबित भएन । 

 त्यसपछि भएको ३-३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो । 

विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

न्युज कारखाना