🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्गतिको कारण– काङ्ग्रेससँग सपना र सोच दुवै छैन ! !

काङ्ग्रेसका कोही नेतालाई हेर्दा एमाले देखिने, कसैलाई हेर्दा माओवादी देखिने कोही राजपा र फोरम जस्तो देखिने तर काङ्ग्रेस जस्तो कोही नदेखिनु नै काङ्ग्रेसको पराजयको मूल कारण हो !
*****
छ महिना हुन लाग्यो काङ्ग्रेसमा एकथरी चुनावको हारकोलागि सभापतिको रूपमा मूख्यरूपमा शेरबहादुर देउवा जिम्मेवार छन् भनेर !
उनले पद छाड्नु पर्दछ र हामीलाई सभापतिको श्रीपेच लगाइदिनु पर्दछ भनेर ‘टेप अन’ गरिरहेका छन् !

अर्काथरी भन्छन – सबै कुरामा भागबण्डा लिने, खाने बेलामा भाग कम हुन्छ कि भनेर रातीगेडी बराबरको वजन पनि कम हुन नदिने अहिले सभापतिलाई मात्र दोष दिने भनेर प्यारप्यार गरिरहेका छन् !
*****
लाग्दछ कतै भ्यागुताहरू वक्तृत्वकला प्रतियोगितामा भाग लिइरहेका छन्
*****
सावित भइरहेको छ –
नेपाली काङ्ग्रेससँग सपना र सोच दुवै छैन !
भविष्य दृष्टि र कार्यक्रम छैन !
चाहिएको पद मात्रै हो !
_____
हुन त चुनावको एकाध महिना खटेर वा नेताहरूको चाकरी गरेकै भरमा विना योग्यता,क्षमता, श्रम कौशल जीवनभर मोजमस्तीको जीवन विताउन राजनीति भन्दा अर्को उपयुक्त पेशा अर्को नभएको मुलुकमा काङ्ग्रेसीले पनि त्यो खोज्ने नै भए I
*****
मुलुक सामू चुनौती के हो ?
संसार कहाँ र कता जाँदैछ त्यसबाट नेपालले भोग्ने बेहोर्ने नियति कसरी प्रस्तुत हुँदै छ त्यसबारे कतै केही सुनिदैन !

*****
काङ्ग्रेसको पराजयको मूल कारण काङ्ग्रेसको पहिचान हराउनु हो !
काङ्ग्रेसका कोही नेतालाई हेर्दा एमाले देखिने, कसैलाई हेर्दा माओवादी देखिने कोही राजपा र फोरम जस्तो देखिने तर काङ्ग्रेस जस्तो कोही नदेखिने,
कस्तो हो काङ्ग्रेस? छुट्याउन नै सकेनन जनताले !

आफूलाई भोट काङ्ग्रेसको चाहिने आफ्नो र आफ्ना विश्वास पात्रको भोट अरू नै दललाई दिनु पर्ने कायरताले काङ्ग्रेसलाई यो हालतमा पुर्याएको हो भन्ने चाँही कसैले नबुझ्ने !

*****
२०६२-६३ देखि काङ्ग्रेसको परिचय मेट्ने कामको थालनी भएकोमा अहिले आएर त्यो निष्कर्षमा आइपुगेको हो मात्रै हो !
परिवर्तनको तीब्र बेग र भेलमा मुलुकको गन्तव्य निर्णयको नेतृत्व गर्नु भन्दा काङ्ग्रेस भेल सँगै बगेर जाने सजिलो राजनीति गरेर बस्यो !

भेलले जुन छेउमा फालिदियो त्यही ठाउँमा बसेर वरिपरीका झिक्रा बटुलेर राजनीति धानिरह्यो !
विचार,विवेक र वुद्धि छोड्यो र सडकको नारा रटेर बस्यो !

*****
मुलुकका लागि काङ्ग्रेस किन चाहिन्छ ?

र, काङ्ग्रेस किन र कसरी एमाले, माओवादी र कथित मधेशवादी भन्दा फरक हो ?
भोलीका मितिमा काङ्ग्रेसको अस्तित्व समाप्त भयो भने के हुन्छ ?
त्य्य्सको असर मुलुकमा र छिमेकमा कस्तो पर्दछ ?

भन्ने प्रश्नको पत्यारलाग्दो जवाफ दिन नसक्ने हो भने जो आए पनि र जो गए पनि जसले फुली लाए र फुकाले पनि काङ्ग्रेस ओरालो, ओरालो र ओरालो नै नै लागिरहने हो !