🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थाइल्याण्डको रात्रि क्लबमा आगलागी हुँदा १४ को मृत्यु, दर्जन घाइते

बैङ्कक, २० साउन (रासस/सिन्ह्वा) । थाइल्यण्डको चोनबुरी प्रान्तमा रहेको एउटा रात्रि क्लबमा भएको आगलागिमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

आगालागिमा परी अरु १२ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

घाइते मध्ये नौ पुरुष र चार महिला रहेका छन् । उनीहरु सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ ।

घटना भएको थाहा पाउना साथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरु घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए ।

घटनास्थलबाट उद्धारकर्ताहरुले १८ जनालाई उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  

घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरुले जनाएका छन् ।