🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार महासंघमा युनियन–सेन्टर गठबन्धन

काठमाडौं । सत्ता सहयात्री कांग्रेस र माओवादी पत्रकार महासंघको महाधिवेशनमा पनि मिलेर जाने भएका छन् । महासंघको महाधिवेशनमा पनि एमाले निकट प्रेस चौतारीलाई सत्तारुढ दलहरूले घेराबन्दी पार्ने प्रयास गर्दैछन् । त्यो घेराबन्दी सफल भए ६० बर्षपछि महासंघको नेतृत्व गुमाएर रन्थनिएको कांग्रेस सभापति बाहेक केही पदमा राहत पाउनेछ ।  माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाले नै हस्तक्षेप गरी पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टरलाई मिलेर जान निर्देशन दिएका छन् । 
२०७४ भदौ ४ र ५ गते काठमाडौंमा हुन गइरहेको महासंघको २५ औं महाधिवेशनमा माओवादी केन्द्र निकट प्रेस सेन्टरका गोविन्द आचार्य नेपाली कांग्रेसनिकट प्रेस युनियनको समर्थनमा सभापति उम्मेदवार हुनेभएका छन् । उनलाई एमाले निकट प्रेस चौतारीले पनि सभापतिका रुपमा समर्थन गर्नसक्ने प्रस्ताव २०७४ साउन २७ गते प्रचार विभाग सदस्य प्रमोद दाहाल र चौतारी अध्यक्ष गणेश बस्नेतले राखेका थिए । अरु पदमा के कसरी जान सकिन्छ त्यसबारे आफ्नो कार्ययोजना सहित आउनका लागि दाहाल र बस्नेतले आग्रह गरेका थिए । चौतारीले सभापति आचार्यलाई बनाउन तयार भएपछि २०७४ साउन २७ गते माओवादी केन्द्रका प्रचार विभाग प्रमुख पम्फा भूसाल, सेन्टरका अध्यक्ष महेश्वर दाहाल र ओम शर्माले अध्यक्ष दाहाललाई भेटेर महासंघको महाधिवेशनका बारेमा छलफल गरेका थिए । चौतारीले सभापति सेन्टरलाई दिएकोबारेमा उनीहरूले दाहाललाई जानकारी गराएका थिए । 
 महाधिवेशनमा कोसंग मिलेर जाने भन्ने सवालमा अध्यक्ष दाहालले वर्तमान समीकरण जस्तो छ, त्यही भावनाअनुसार गर्नुस् भनेर युनियनसंग मिल्न निर्देशन दिएका थिए । साउन २८ गते राति बालुवाटारमा गएका युनियन नेतृत्वलाई कक्टेल डिनर दिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति माओवादीलाई नै दिएर भए पनि एमालेलाई महासंघमा हराउन निर्देशन दिएपछि युनियन–सेन्टर मिलेर जान तयार भएका छन् । सभापति माओवादीलाई दिएपछि अरु पद युनियनले लिने सहमति भएको छ । तर, युनियनका पूर्वमहासचिव शिव लम्साललगायतले उदार वामपन्थीलाई सभापति नदिएर अनुदारलाई दिनु नहुने धारणा राखेका थिए । तर उनीलगायतका माओवादीसंग मिल्नु नहुने पक्षको कुरा सुनुवाई नै नगरी युनियनलाई जसरी पनि चौतारीका उम्मेदवार हराउन माओवादीसंग मिल्न एकसूत्रीय एजेन्डा देउवाले दिएका थिए । संचार मन्त्री मोहन बस्नेतले चाहिं पत्रकार महासंघमा माओवादीको नेतृत्व स्वीकार गर्न नसक्ने बताएको युनियन स्रँेतले बताएको छ । प्रेस युनियनबाट कुनै दह्रो पत्रकार विद्रोही बनेर अध्यक्षको उम्मेदवार बन्न आए प्रेस चौतारीलगायतका वामपन्थी पत्रकारहरूले साथ दिने चर्चा पनि छ । 
 सभापति माओवादीलाई दिएपछि युनियनभित्र महासचिवको उम्मेदवारीको बिषयमा तीव्र विवाद देखिसकेको छ । दाङका विपुल पोखरेल, महासंघका पूर्वकोषाध्यक्ष रमेश बिष्ट र रामजी दाहालबीच नै मारामार सुरु भएको छ । दाहाल यसअघि नै महासचिवमा थोरै मतले पराजित भएकाले पनि उनले पाउनुपर्ने पक्षमा छन् । कांंग्रेसका विमलेन्द्र निधि दाहाललाई महासचिवमा उम्मेदवार बनाउने पक्षमा छन् । रमेश बिष्ट महासचिवको उम्मेदवार नपाए चौतारीसंग मिलेर भए पनि देखाउनेपक्षमा छन् । बिष्टको एक टोली चौतारीसंग महासचिव मागिरहेको छ । युनियनका एक÷डेढ सय भोट प्रभावित पार्नेगरी बिष्ट र चौतारीको गठबबन्धन गर्न  पनि एकथरी लागेका छन् । चौतारीले नेत्रविक्रम चन्द विप्लव निकट क्रान्तिकारी पत्रकार संघ, वैद्य निकट संगठन, नयाँशक्ति निकट सोसाइटी, राजमो निकट प्रगतिशील जस्ता संगठनसंग मिलेर जाने गरी वार्ता गरिरहेको छ । 
 चौतारीले महासंघको सभापतिमा बरिष्ठ पत्रकार तिर्थ कोइरालालाई उम्मेदवार बनाउने प्रयास गरिरहेको छ । चौतारीबाट सभापतिका दाबेदारहरूमा चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल, गगन बिष्ट र संचारिका समूहकी अध्यक्ष निर्मला शर्मा समेत छन् । अन्तमा कोइरालालाई अगाडि बढाउने प्रबल संभावना छ । महासंघको २५ औं महाधिवेशनमा १५ सय २२ मतदाता हुनेछन् । पत्रकार महासंघमा प्रेस चौतारी सबैभन्दा ठूलो संगठन हो ।  उसंग ५६० भन्दा बढी पार्षद छन् । युनियन दोस्रो शक्ति हो, जोसंग ४६० पार्षद संख्या रहेको अनुमान छ । 
 सेन्टरसंग २५० पार्षद संख्या रहेको छ । अरु विप्लव, सोसाईटीहरूको संख्या छ । सातदेखि साँढे सात सय मत ल्याउनेले सभापतिमा जित्ने छ । लामो समयदेखि सेन्टरसंंग मिलेर चुनावमा जाने भन्दैआए पनि अन्तिममा चौतारीले धोका पाएको छ । लामो समयदेखि चौतारीसंग सहकार्य गर्ने भन्दै अन्तिममा आएर चौतारीलाई धोका दिएर युनियनसंग मिल्न पुगेको छ । सेन्टरले लभ एकातिर बिहे अर्कैतिर गरेको चर्चा पत्रकारबीच सुरु भएको छ । सेन्टरका अधिकांश पार्षद चौतारीसंग मिल्नेपक्षमा भए पनि अप्राकृतिक रुपमा युनियनसंग गठबन्धन गर्न पुगेको छ । यद्यपि औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।