🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना सङ्क्रमणबाट एक जनाको निधन, ५६८ सङ्क्रमित

काठमाडौँ, ९ साउन (रासस)  : कोरोना भाइरसको सङक्रमणले आज एक जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा आज एक जनाको निधन भएको जनाइएको छ ।

यस्तै आज चार हजार ८०० परीक्षणमध्ये आज ५६८  जनामा सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको छ ।  

त्यसैगरी विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ्, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन् ।

अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष (आईसीयू)मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ ।

यसैगरी  विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
–––