🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल यही कारणले जाँदैछ श्रीलङ्का पथमा 

केही समय अगाडिसम्म श्रीलङ्कालाई दक्षिण एशियाको मोती भनेर प्रशंसा गरिन्थ्यो । त्यहाँको विकास र आर्थिक अवस्थालाई लिएर श्रीलङ्कालाई यो सम्मान दिईएको थियो । तीनदशक लामो गृहयुद्धलाई झेल्दा पनि श्रीलङ्का आर्थिक अवस्थामा त्यतिठूलो असर परेको थिएन । सन् असीको दशकबाट श्रीलङ्कामा प्रभाकरनको नेतृत्वमा तमिलहरुले लिट्टे नामक संगठनमार्फत स्वतन्त्र तमिल राज्यको माग गर्दै गृहयुध्द सुरु गरेका थिए । 

यो श्रीलङ्का विभाजनको लक्ष राखेर सुरु भएको गृहयुध्दलाई भारत र नर्वे जस्ता केही युरोपेली मुलुकको समर्थन रहेको थियो । बृटिश शासनकालमा चिया खेतीमा मजदुरी गराउन भनेर भारतबाट लगिएका ब्यक्तिहरुको सन्तानले नै श्रीलङ्कामा पृथक तमिल राज्यको माग गरेर सन् ८० को दशकबाट गृहयुध्द सुरु भएको थियो । जुन गृहयुध्द लगभग दुई लाख मानिसको ज्यान लिएर सन् २००९ मा समाप्त भएको थियो र अन्तिम सैन्य कारबाहीमा लिट्टेकाकमाण्डर प्रभाकरन समेत मारिएका थिए ।

स्वतन्त्र तमिल राज्यको माग गर्दै सुरु भएको र दुई लाख मानिसको ज्यान लिएको तीन दशक लामो गृहयुध्द समाप्त भएपछि तत्कालीन राष्ट्रपति महेन्द्र राजापाक्षेको लोकप्रियता आम जनतामा मात्र होईन सेनालगायत सबै सुरक्षा निकायमा पनि ह्वात्तै बढेको थियो । त्यसपछि नै श्रीलङ्कामा राजापाक्ष राजको होइन अराजकताको सुरुवात भयो । अनि श्रीलङ्कामा कहिले दाजु महेन्द्रा राजापाक्षे राष्ट्रपति भाई बोटाबाया प्रधानमन्त्री त कहिले भाई बोटाबाया राष्ट्रपति र दाजु महेन्द्रा प्रधानमन्त्री हुने दौर  सुरु भयो र राष्ट्रपति तथा प्रधानमन्त्री दाजुभाइ जो भएपनि अर्थमन्त्री भने मिष्टर १० परसेण्ट भन्ने नाम कमाएका अर्का भाई बसिल राजापाक्षे हुने गरेका थिए ।

यसरी एकै परिवारका सदस्यहरुले सत्ता कब्जा गरेपछि र सेना पनि आफ्नो मुठ्ठीमा भएपछि श्रीलङ्कामा राजापाक्षे दाजुभाईले सेनाको समेत सहयोगमा निर्वाध रुपमा देश लुट्ने अभियान सुरु गरे । यसैको परिणाम श्रीलङ्काको राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सन्चिति शून्यमा पुग्यो । यस बाहेक सन् २०१९ मा क्रिसमसको अवसरमा तीनवटा पाँचतारे होटेल केही चर्चमा भएको बम विष्फोटको घटनाले पनि श्रीलङ्काको ढुकुटी विदेशी मुद्राको सन्चिति घटाउने एउटा कारण बनेको थियो ।

  विदेशी मुद्राको सन्चिति शून्यमा पुगेपछि एक जमानामा यो क्षेत्रको मोती भनेर कहलिएको श्रीलङ्का अहिले टाट मात्र पल्टिएन कि हातमुख जोड्ने तथा विरामीले औषधि खान नपाउने जस्तो गम्भीर समस्यालाई समेत भोग्नु पर्ने अवस्थाबाट गुज्रिराख्नु परेको छ । अहिले श्रीलङ्कामा न त नभई नहुने जीवनदायी औषधि पाईन्छ न त खाद्यान्न नै पाईन्छ । यसैगरी पेट्रोलियम पदार्थ श्रीलङ्कामा दुर्लभ बस्तु भएको धेरै भई सक्यो । यसैले गर्दा नै मर्ता क्या नही कर्ता भन्ने उखानलाई चरितार्थ गर्दै टाढाटाढाबाट समेत हिंडेर आएका जनताले २०७९ असार २४ गते राष्ट्रपति भवन कब्जा गरे । 

  यो घटनाले अमेरिका, युरोपेली मुलुकमा मात्र होईन सम्पूर्ण मुलुकको साझा संस्था राष्ट्र संघको पनि विचित्र र स्वार्थी अडान र मान्यतालाई नराम्रोसँग भण्डाफोर गरेको छ । तीन बर्ष अगाडि म्यान्मारमा आङ्साङ् सूकीसहितको निर्वाचित सरकारले अपदस्त गरी सत्ता आफ्नो हातमा लिएको घटनाको युरोपेली मुलुक र अमेरिकाले मात्र होईन संयुक्त राष्ट्रसंघले चर्को विरोध गरेका थिए । अमेरिका र युरोपका कतिपय देशले त म्यान्मारमाथि विभिन्न प्रतिबन्ध समेत लगाएका थिए । तर, लोकतन्त्रको भ¥याङ चढेर सत्तामा पुगेर श्रीलङ्का देशको ढुकुटी राजापाक्षे दाजुभाई  लुट्दा पनि युरोप, अमेरिका तथा राष्ट्रसंघले एक शब्द बोलेनन् । किनभने राजापाक्षे भाईहरुले श्रीलङ्कामा लुटेको धन पश्चिमा राष्ट्रको बैंकमा नै राखेका छन् ।

श्रीलङ्का टाट पल्टिनु र विदेशी मुद्राको सन्चिति घटेर शून्यमा जानुको प्रमुख कारण ठूला परियोजना निर्माणका लागि भनेर लिएको ठूलो परिणामको विदेशी ऋण राजापाक्षे दाजुभाईले विदेशी बैंकमा रहेको आफ्नो र परिवारको खातामा हाल्ने गर्दथे । यस्तो धन्दा चलाएपछि उक्त परियोजना बन्ने कुरा भएन । परियोजना नै नबने पछि त्यसबाट प्रतिफल आउने कुरा पनि भएन । तर, ऋणको ब्याज र किस्ता भने समयमा बुझाउनै प¥यो । श्रीलङ्का टाट पल्टिनुको एउटा प्रमुख कारण यही नै थियो । 

 अब नेपालको सन्दर्भ र प्रसंगमा आऔं, नेपाल पनि श्रीलङ्काको बाटोमा जान थालेको टिप्पणी अहिले बाक्लो रुपमा नै आउन थालेको छ । र, यो टिप्पणीलाई गलत मान्नेको संख्या पनि ठूलो छ । तर, राष्ट्रिय गौरवको सम्मान दिईएको ४५६ मेघावाट क्षमताको तामाकोशी विद्युत आयोजना दोब्बरभन्दा बढी समय र लागतमा हालै सम्पन्न भएको छ । यसैगरी २०७२ मा सम्पन्न हुन्छ भनिएको अर्को राष्ट्रिय गौरवको निर्धारित समयमा सम्पन्न नहुँदा समय कै अनुपातमा लागत बढे पनि प्रतिफल भने आएन । तर लगानीकर्तालाई ब्याज र किस्ता भने समयमा बुझाउनै प¥यो । ठूला मात्र होईन साना आयोजना समेत नेपालमा दोब्बर समय र बजेट भन्दा पहिले सम्पन्न भएको रेकर्ड छैन । 

यो नियोजित रुपमा बढाईएको विकृतिले ठेकेदार कम्पनी, राजनीतिकर्मी र सम्बन्धित कर्मचारीलाई फाईदा पु¥याए पनि मुलुकलाई भने हानी मात्र पु¥याएको छ । यो प्रबृत्ति र विकृतिले मुलुकलाई श्रीलङ्काको बाटोतिर लगिराखेको छ । तर, दोश्रो विश्वयुध्द पछि सन् ६० को अर्थ ब्यवस्था र समयको त्यो कालखण्डमा स्थापित मान्याताका शूत्रहरु पढेर अर्थ शास्त्री भएकाहरुले नेपाल श्रीलङ्का नहुने दाबी गरिराखेका छन । तर, एउटा सामान्य मानिसले पनि बुझ्ने के हो भने, निर्यात कम र आयात बढी भएको मुलुकको आर्थिक अवस्था कमजोर हुन्छ र आयात कम निर्यात बढी भएको मुलुकको आर्थिक अबस्था बलियो हुन्छ ।

यो स्थितिमा निरन्तर आयात बढ्ने र निर्यात घटने, अनि सरकारले नै आयातबाट प्राप्त हुने भन्सार महशुललाई नै राज्य सन्चालनको प्रमुख आधार मान्दा हाम्रो जस्तो मुलुकमा विदेशी मुद्राको सन्चिति के होला ? यसैगरी राज्यले निर्माण अगाडि बढाएका राष्ट्रिय गौरवका हरेक आयोजना सम्पन्न हुन निर्धारण गरेको समय र रकम दोब्बरभन्दा बढी लाग्ने गर्दा मुलुक श्रीलङ्का तिर जान्छ कि कतातिर जान्छ भनेर जसले पनि भन्न सक्छ ।

नेपालको अर्थतन्त्र असन्तुलित अवस्थाबाट गुज्रिराखेको छ । निरन्तर रुपमा आयात बढिराखेको छ भने निर्यात घटिराखेको छ । बढेको आयातले भन्सार महसुल केही बढाउने गरेको भएपनि आयातको अनुपातमा वैदेशिक मुद्रा खर्च हुने गरेको छ । नेपालले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत भनेको पर्यटन हो । तर, पर्यटन क्षेत्रलाई आकर्षित गर्ने ठोस योजना अहिलेसम्म नेपालले ल्याउन सकेको छैन । अहिलेसम्म हिमाललाई देखाएर नेपालको पर्यटन धान्ने काम भइराखेको छ । सधैंभरी त्यही हिमाललाई देखाएर पर्यटन उद्योगले विकास गर्न सक्दैन । एकातिर पर्यटन उद्योगले फड्को नमार्ने र अर्कोतिर मुलुकको अर्थतन्त्र आयातबाट हुने भन्सार महसुलले धान्ने मान्यतालाई कायम गरिरहँदा त्यसले ल्याउने नियति भनेको अहिलेको श्रीलङ्का नै हो ।