🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान सेनापति शर्मा डिफेन्स कन्फ्रेन्समा सहभागी हुन अष्ट्रेलिया जाँदै

 काठमाडाैं । २०७९ असार ३१ गतेको मन्त्रिपरिषद्‍को निर्णयबाट स्वीकृत भए अनुरुप प्रधान सेनापति महारथी  प्रभुराम शर्मा,  २०७९ श्रावण ०९ गतेदेखि साउन ११ गते (तद्अनुसार 25th-27th July 2022) सम्म Australian Defense Force को संयोजकत्वमा U.S. Indo Pacific Command द्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको "Annual Chiefs of Defense (CHOD) Conference-2022" मा सहभागी हुनका लागि  २०७९ श्रावण ०७ गते मित्रराष्ट्र अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

\"\"

\"\"

   वि.सं. २०५६ सालदेखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको उक्त Conference मा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरुको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरुलाई समेटी विविध सुरक्षाका विषयहरुमा छलफल हुनुका साथै सहभागी राष्ट्रका सेना प्रमुखहरुबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरुमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन् ।

  अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई  २०७९ श्रावण ०६ गते नेपाली सेनाको एक टुकडीद्वारा जंगी अड्‍डामा सम्मान गारत अर्पण गरिएको थियो ।

प्रधान सेनापति महारथी शर्माको अनुपस्थितीमा बलाधिकृत रथी  बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन् ।

  यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्‍भावमा थप विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।