🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बल्खु–दक्षिणकाली सडक मर्मतसम्हार गर्न सरकारको ध्यानाकर्षण 

काठमाडौं ।  सांसद राजेन्द्र कुमार केसीले बल्खु–दक्षिणकाली सडकखण्ड मर्मतसम्हार गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् । 

‘बल्खुदेखि दक्षिणकाली जाने सडकमा हजारौं सवारीसाधन चल्छन् । सडक जिर्ण छ, युवाहरुले मर्मतसम्हारको माग राख्दै सडक अवरुद्ध गरेका छन् । जनताको समस्या यथावत रहने हो भने हामीले यहाँ बोल्नुको कुनै अर्थ छैन,’ सांसद केसीले भने, ‘सडकको अवस्था अत्यन्त दयनीय छ, तत्काल मर्मत सम्हार गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’  

स्थानीय युवाहरुले आज सडक पाँच घण्टा अवरुद्ध गरेको उनले बताए ।