🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

नयाँ दिल्ली । पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ । उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्च अदालतले अगस्ट १० मा नुपुर शर्माको निवेदनमाथि सुनुवाइ गर्ने र त्यसबेलासम्म नयाँ मुद्दा दायर गर्न नपाइने जनाएको छ ।

दिल्ली, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक, उत्तर प्रदेश, जम्मु कश्मीर र असमलाई उनको मुद्दामा जवाफ दिन भनिएको छ । नुपुर शर्माका वकिलले सर्वोच्च अदालतमा जुलाई १ गते अदालतको आदेशपछि उनको ज्यानको खतरा बढेको बताएका छन् ।

उनको सुरक्षामा बढ्दो खतरा छ । कुनै पनि मात्राको सुरक्षाले उनलाई मद्दत गर्न सकेन । अहिले वास्तविक खतरा छ । बंगालमा पनि उनीविरुद्ध एफआईआर छ’, नूपुर शर्माका वकिल मनिन्दर सिंहले भने ।

जुलाई १ गतेको सुनुवाईमा सर्वोच्च अदालतले नुपुर शर्माले आफ्नो टिप्पणीबाट देशमा तनाव पैदा गरेकोमा माफी माग्नुपर्ने भनेको थियो । ‘ देशमा के भइरहेको छ त्यसको लागि यी महिला एक्लै जिम्मेवार छन्’ न्यायाधीशहरूले भनेका थिए।