🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीर्थयात्री बोकेको बस दुर्घटनामा सात घाइते

फलेवास, पर्वत, ७ वैशाख– पर्वतको कुश्मा नगरपालिका–८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो ।

घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीया माया पुडासैनी, काठमाडौं महानगरपालिका–१६ की ३८ बर्षीया उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त उप्रेती, ३६ वर्षीया बिन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ का २४ वर्षीय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका–४ की १५ वर्षीया स्नेहा गुरुङ रहेका छन् ।

घाइते सबैजनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने धेरैजसोको गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी जवान सुदीप सापकोटाले दिनुभएको जानकारीअनुसार गाडीमा २६ जना यात्रु सवार थिए भने चालकलाई निद्रा लागेका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।