🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सोरुका किसानलाई मौरी र बाकस वितरण

मुगु।हिमाली जिल्ला मुगुका किसानलाई मौरी र मौरी पाल्न मिल्ने बाकस वितरण गरिएको छ । सोरु गाउपालिका वडा नम्बर १, २ र ४ का तीन जनालाई व्यवसायीक रुपमा मौरी पाल्न मिल्ने गरी मौरी र बाकस वितरण गरिएको हो ।

टिडी एज बिएम जेट जर्मनको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको कार्यान्वयन, मालिका सामुदायिक विकास केन्द्र मुगुको सहजीकरणमा सञ्चालित हिमाली ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन तथा जैविक विविधता संरक्षण परियोजनाअन्तर्गत उनीहरूलाई मौरी वितरण गरेको मालिका सामुदायिक विकास केन्द्र मुगुका जिल्ला संयोजक निरु शाहीले बताइन ।

उनका अनुसार कृषि समूहअन्तर्गत सोरु गाउपालिका–१ का मनदेवी शाही, वडा नम्बर २ बाँचेका नाथ योगी र वडा नम्बर ४ का साउनी बुढालाई मौरीसहित बाकस वितरण गरिएको हो । यस्तै, मौरी संरक्षणमा आवश्यक पञ्जा, हेल्मेट, चक्कु पनि वितरण गरिएको छ ।