🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तय भयो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण

काठमाडौं, ६ वैशाख।  मित्र राष्ट्र भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीले तेस्रो पटक नेपालको भ्रमण गर्ने कुरा लगभग तय भएको छ।  नयाँ दिल्लीस्थित साँघुन्यूज डटकम स्रोतका अनुसार, सन् २०१८ मे महिनाको दोस्रो हप्ताका लागि  भारतीय प्रधान मन्त्रीको नेपाल भ्रमण निश्चित भएको हो ।    भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको नेपाल भ्रमण सफल पार्न नेपाल पनि भब्य स्वागतको तयारीमा जुटिसकेको थाहा भएको छ।   

यस अघि १७ वर्षपछि भारतका प्रधानमन्त्री मोदीले सन् २०१४ अगस्त ४/५ मा नेपाल भ्रमण गर्नुका साथै नेपालको संसदलाई सम्बोधन गरेर वावाई पाएका थिए । भारतीय प्रधान मन्त्री मोदीले पहिलो पल्ट ऎतिहासिक नेपाल भ्रमण गर्दा नेपाल राष्ट्र र नेपाली जनताबीच आफ्नो अत्यन्त्यै निकट र भावनात्मक सम्बन्ध रहेको दृष्टान्त दिंदै सुरक्षाको समेत ख्याल नगरी काठमाडौंको बबरमहल सडकमा सवारीबाट उत्रिएर महामहिम मोदीको स्वागतार्थ उभिएका नेपालीहरुसंग हात मिलाएर भिभिआइपिको सुरक्षा रेकर्ड समेत तोडेका थिए।  

\"\"

 प्रधानमन्त्री महामहिम नरेन्द्र मोदी दोस्रो पटक नेपाल भ्रमणमा सन् २०१४ कै नोभेम्बर २६/२७ मा भएको १८ औं सार्क सम्मेलनमा भाग लिने आएका थिए।  १८ औं सार्क सम्मेलनको नारा थियो 'शान्ति र समृद्धि लागि गहिरो एकता’ । तर सार्क राष्ट्रहरुको दुर्भाग्य ।  'शान्ति र समृद्धि लागि गहिरो एकता’ वास्तविक ब्यबहारमा उल्टो सावित भयो। नेपाल र भारतबीचको गहिरो सम्बन्धमा २०१५ सेप्टेम्बर पछि दरार उत्पन्न भयो।  २०७२ असोज ३ गते जारी भएको नेपालको गणतान्त्रिक संविधानलाई भारतले   स्वीकार गर्न र स्वागत गर्न चाहेन।  जारी संबिधानप्रति अनेक माध्यमबाट भारतीय सत्ताले असन्तुष्टि र असहमति  राख्दै आयो।  जारी संबिधानप्रति नेपालका  मधेसी दलहरुले सुरु गरेको आन्दोलनमा भारतीय सत्ताको सहयोग र साथ रह्यो।  नाकाबन्दीको मार नेपालले भोग्नु पर्यो र नेपाली जनताले लगभग ६ महिना असैह्य पीडाको जीवन बाँच्न बाध्य हुनु पर्यो।  

 १८ औं सार्कको नारा  'शान्ति र समृद्धि लागि गहिरो एकता’  भारत र पाकिस्तानबीचको सम्बन्धमा उत्पन्न्न समस्याले गर्दा  असफल भएको  दृष्टान्त १९ औं सार्क सम्मेलन कहिले भन्ने अहिलेसम्म टुंगो लाग्न सकेको छैन।  हाल सार्कको अध्यक्ष नेपाल रहेको छ र नेपालले पाकिस्तानलाई अध्यक्षता ह्यान्डओभर गर्नु पर्ने छ।  यस पटकको भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको  नेपाल भ्रमणले आगामी १९ औं सार्क सम्मेलनको बारेमा नेपालले विशेष भूमिका खेलेर भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीलाई मनाउन सक्यो भने पीएम मोदीको यो तेस्रो नेपाल भ्रमणको अर्को ऎतिहसिक उपलब्धि मानिने छ।  

भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको यो भ्रमणलाई राजनीतिक र कूटनीति क्षेत्रले विशेष महत्वका साथ हेरेको छ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको नेपाल  भ्रमण राजनीतिक भन्दा विशेष धार्मिक महत्वको हुने छ।  प्रधानमन्त्री  नरेन्द्र मोदीले यो पटक जानकी माताको दर्शन गर्न जनकपुरधाम, मुक्तिनाथका साथै सम्भव भएमा गौतम बुद्धको जन्मथलो मायाँदेवी मन्दिरको दर्शनका लागि  लुम्बिनीको समेत भ्रमण गर्ने छन् ।

नेपालका लागि भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको यो भ्रमण निकै महत्वको हुने चर्चा सुरु भएको छ।  स्रोतका अनुसार, अनुकूल भएमा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीबाट अरुण थर्ड हाइड्रो  प्रोजेक्टको समेत शिलान्यास हुने छ।