🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

हुम्ला । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरेका छन् । बिहान ९ बजे सिमकोट आइपुगेका कायममुकायम प्रधानन्यायाधीश कार्कीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा मुगुबाट हुम्ला आएको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताए ।

भवन उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी सिता परियारले जिल्लामा न्यायको मन्दिर निर्माण भएको बताउँदै खुसी व्यक्त गरेकी थिइन् । यसले न्याय प्रवाहमा सहज हुने विश्वास व्यक्त गरिन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले जिल्लाको कुनै पनि निकायमा सेवा ग्राहीमैत्री काम हुनुपर्ने बताए ।