🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक विभाग : एक वर्षमा तीन महानिर्देशक फेरिए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सबैभन्दा आकर्षक निकाय सडक विभागले चालु आर्थिक वर्षमा तीनजना महानिर्देशक बेहोर्नुपर्ने निश्चित भइसकेको छ । विभागका तत्कालीन महानिर्देशक अर्जुनजंग थापालाई मन्त्री रेणु कुमारी यादवले बिना कारण २०७८ मंसिर अन्तिम हप्ता मन्त्रालयमा तानेर शिवहरि सापकोटालाई महानिर्देशक बनाएकी थिइन् ।

उमेर हदका कारण सापकोटाले पनि २०७९ वैशाख १९ गते विभागबाट बिदा भएर घर गएका छन् । उनी घर गएको एक महिना बित्न लाग्दासमेत मन्त्रालयले विभागमा आजका दिनसम्म महानिर्देशकको जिम्मेवारी कसैलाई दिइएको छैन ।

निमित्तको जिम्मेवारी शिवप्रसाद नेपालले पाएका छन । तर, कन्फर्म महानिर्देशक कसलाई बनाउने भन्ने बिषयमा मन्त्रालय अझैसम्म टुङ्गोमा पुग्न सकेको छैन । बरु यही मौकामा मन्त्री यादवको ठाडो निर्देशनमा २०७९ जेठ ९ गते सोझा र इमानदार सचिव रविन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेर कमिशनमा रमाउने नेपाल ट्रस्टका गोपाल सिग्देललाई भित्र्याइएको छ ।

  मन्त्रालयमा नयाँ सचिव आएपनि बिभागको रिक्त महानिर्देशकमा कसलाई बनाउने भन्ने बिषयमा मन्त्री यादव, सचिव, मन्त्रालयका उच्च अधिकारीहरुले ठोस रुपमा छलफल अगाडि बढाइ नसकेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्री यादब भने मोटो रकम हात लगाए मात्र बिभागको महानिर्देशक नियुक्ति गर्ने गोप्य तयारीमा लागेकी छिन् । त्यसको लागि मन्त्री यादवले आफ्ना विज्ञ प्राबिधिक सल्लाहकार बलराम मिश्रलाई जिम्मेवारी दिएको स्रोत बताउँछ ।

सल्लाहकार मिश्रले बिभागको महानिर्देशकमा रुची राख्नेहरुसँग चरणबद्ध रुपमा कुरा गरेपनि नगद लेनदेनमा सहमति जुट्न सकेको छैन । करोडौं भेटी चढाएपछि मात्रै प्राप्त हुने सडकको डीजी जसले गर्दा हाल विभागका निमित्त नेपाललाई नै महानिर्देशक बनाउने कि मन्त्रालयका थापा वा एडीवी निर्देशनालयका विश्वबाबु ढकाललाई बनाउने भन्ने बिषयमा टुङ्गो लागिसकेको छैन ।

 विभाग र मन्त्रालयका अधिकांश कर्मचारीको माग भने सिनियर सहसचिव एवम् निमित्त महानिर्देशक नेपाललाई नै कन्फर्म गर्नुपर्ने पक्षमा रहेका छन् । तर, जनता समाजवादी पार्टीबाट मन्त्री बनेकी यादवलाई गोर्खाली ढकाललाई महानिर्देशक बनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दवाव दिइरहेको बताइएको छ । मन्त्रालयका सहसचिव थापा पनि बिना लगानी महानिर्देशकको अफर आएको खण्डमा जानको लागि खुट्टा उचालेर बसेका छन् ।

महाशाखा खाली, सहसहचिव भने वरण्डामा

मन्त्रालयको योजना, मूल्याङ्कन तथा अनुगमन महाशाखा ०७८ चैत देखि नै रिक्त छ । उक्त महाशाखाको जिम्मेवारी पनि सहसचिव थापाले नै पाएका छन् । तर बढुवा भएर आएका सहसचिवद्वय चुडाराज ढकाल र श्याम खड्कालाई जिम्मेवारी नदिएर बरण्डामा थन्क्याइएको छ ।

मन्त्री यादवको यस्तो प्रवृत्तिका कारण मन्त्रालयका कर्मचारीहरु भने निकै असन्तुष्ट रहेका छन् । योजना महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था रहेपनि कसैलाई जिम्मेवारी नतोकिदा मन्त्रालय मातहतका कामको अनुगमनसमेत हुन सकिरहेको छैन । 

आर्थिक वर्ष सकिन करिव डेढ महिना पनि बाँकी छैन । यस्तो आखिरी समयसम्म पनि बिभागको सडक महानिर्देशक पद खाली राखेर कसैलाई जिम्मेवारी नदिंदा त्यसको सिधा असर विकास निर्माणमा पर्ने निश्चित छ ।

बजेट बिनियोजन भएर पनि काम हुन नसकेका योजनाको बजेट रकमान्तर गरेर काम भइरहेका ठाउँमा लगानी गर्न पनि महानिर्देशको आवश्यकता देखिन्छ । विभाग मातहत ठेक्का लागेका सडक र पुलको काम सम्पन्न भएर पनि अर्बौं अर्बका भुक्तानी पनि रोकिएका छन् ।

अर्थ मन्त्रालयबाट बजेट निकास नहुँदा त्यसको सिधा असर भुक्तानीमा परेको भए पनि मन्त्री यादको ध्यान यस्ता बिषयमा अलिकति पनि नगएको गुनासो सुनिन्छ ।