🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा

भैरहवा । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् ।

 २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए ।

मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक धार्मिक, साँस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको बताए ।

गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै संस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको बताए ।