🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

भैरहवा  । नेपाल र भारतबीच विभिन्न पाँँचवटा समझदारी पत्रमाा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा सोमबार बुद्ध जन्मस्थल लुम्बिनी आएका बेला उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआर, काठमाडौँ विश्वविद्यालय र आइसीसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएको हो ।

भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सोमबार नै लुम्बिनीमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।