🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

सुर्खेत, २५ वैशाख । मनै लोभ्याउनेगरी ढकमक्क फुलेका फूल । कर्णालीकाे राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रंगिचङ्गी देखिन्छन् छेउछाउमा फूलेका गुलमाेहरका कारण ।

\"\"

सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई किनारामा लामबद्ध रोपिएका यी फूलले वीरेन्द्रनगरका सडकको सोभा नै बढाएकाे छ ।

\"\"

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ ।

हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ । फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । गुलमोहरले कर्णाली प्रदेसको राजधानीको शोभा बढाएको छ ।

गुलमोहरलाई नजिकै गएर निहाल्ने वित्तिकै मनमा नयाँ उल्लास र उर्जा पलाउने वीरेन्द्रनगर ६ का ललित बस्नेत बताउँछन् । गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यसका विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकीय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका ३ का रमेश पुलामीको भनाइ छ ।

वीरेन्द्रनगरलाई ग्रिन सिटीका रुपमा विकास गर्ने योजना  अनुसार नयाँ सडकमा छेउछाउमा पनि वृक्षरोपण गरिरहेको वीरेन्द्रनगर नगपालिकाले जनाएको छ ।

जितेन्द्र थापा /न्युज कारखाना