🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौंलाई महान घर जस्तो बनाउँनेछु, कसैको शिर निहुरिन दिनेछैन : सिर्जना सिंह

 

काठमाडौं, २३ वैशाख : नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा  मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् ।

रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् । 

काठमाडौं महानगरमा फोहोरको समस्या, सडकको समस्या, वेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने बताइन् । युवाहरूको लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ ।

‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् । 

शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ ,’ उनले भनिन् । 

गृहणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विदुर पुरुषहरूको लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैं घण्टा काठमाडौंका बजार खुल्ला गर्ने गरी पहल गर्ने बताइन् ।

‘यसका लागि म एक्लैले सक्दिन । यसमा म त एउटा पात्र मात्र हुँ । यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौंको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु ,’ सिंहले भनिन् ।

काठमाडौं सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ । काठमाडौंका मतदाताको शिर निहुरीने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन् ।

‘म महानगरमा कामको लागि आउने दाजुभाई दिदिबहिनीको शिर निहुरीन दिने छैन् । म काठमाडौंलाई महान घर जस्तो बनाएर राख्नेछु । यहाँ आउने सबैलाई राम्रोसँग सेवा प्रवाह गर्नेछु ।’ सिंहले भनिन् । 

न्युज कारखाना