🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चितवन, बारा, स्याङ्जा र मोरङमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुम खोलास्थित सडकमा बागमती प्रदेश ०२–०३३ प ४८११ नम्बरको मोटरसाइकललाई ना.६ ख २३०१ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक अछाम तुरमाखात गाउँपालिका–५ बस्ने २७ वर्षीय भरत शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मुत्यु भएको हो । 

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनस्थित सडकमा बा.३ ख ६२६५ नम्बरको माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५६ वर्षीय लक्ष्मण राई रहेका छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिक लु.२ ख १९४२ नम्बरको ट्रक र ना.५ च २८७३ नम्बरको बोलेरो मंगलबार बेलुकी ठेक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हार बस्ने २५ वर्षीय अजय सहनी छन् ।

स्याङ्जाको हरिनास गाउँपालिका–१ भुटियाखोलास्थित सडकमा ना.६ त १८१९ नम्बरको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ सालडाँडा बस्ने ६६ वर्षीय बुद्ध भुजेल रहेका छन् । 

ट्याक्टरबाट खसेका उनको सोही ट्याक्टरले किच्दा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । मोरङको बुढिगंगा गाउँपालिका–३ शान्ति चोकमा बागमती प्रदेश–०१–०२७ च २२६६ नम्बरको कारले मे.२ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–२ बगवन बस्ने ३० वर्षीय शोभा राजबंशी रहेका छन् ।