🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नियम मिच्दै सर्वोच्चका न्यायाधीशहरु रातो प्लेटमा सरर

काठमाडौं, चैत्र २३ \\   राज्यको नियम मिच्नेमा सर्वोच्च अदालतका न्यायाधीशहरु अग्रणि पङ्क्तिमा देखिएका छन्।

सरकारी स्वामित्वको गाडीमा सेतो नम्बर प्लेट राख्ने नियम धेरै पुरानो हो। त्यो नियममा फेरबदल र संशोधन भएको छैन। ९-१० बर्षयता देश छाडा हुँदैगएपछि मन्त्री, सचिवहरुले समेत् सरकारी गाडीमा नियमबिपरित रातो नम्बर प्लेट राख्नथालेका थिए।

यस्लाइ नियन्त्रण गर्न २ महिनाअघि गृह मन्त्रालयले सबैतिर परिपत्र गर्यो। त्यतिले नपुगेर चैत्र ५ गते राष्ट्रिय दैनिक पत्रिकाहरुमा  सार्वजनिक सूचना नै प्रकाशित गर्यो।

नियम अनुसार सेतो नम्बर प्लेट राख्न गृह मन्त्रालयले ध्यानाकर्षण गराएपछि सबैले नियमको पालना गर्नथाले। तर, सर्वोच्च अदालतका दुईजना न्यायाधीशबाहेक बाँकि सबै न्यायाधीशहरुले नियम पालना गर्न अटेर गरे।

अपवाद नै भन्नुपर्छ, सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतले भने नियम पालना गर्दै आफूले चढ्नेगरेको सर्वोच्च अदालतका गाडीलाइ सेतो नम्बर प्लेट बनाएका छन्।