🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पल प्रकण : बलात्कृत भएकाे उजुरी दिने नबालिगले किन फेरिन बयान ?

काठमाडौं, ४ चैत : पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् । 

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । 

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए । हाल उनी तनहुँ कारागारमा छन् ।

बुवाको बयान बाँकी  

नाबालिग गायिकाले बयान फेरिपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ । तर पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रकृया अघि बढ्ने स्रोतको भनाइ छ । बयानलाई मात्र नभएर अदालतमा पेस गरिएका प्रमाणलाई पनि आधार मानिने उनको भनाइ छ ।

‘पीडितले सामान्य बोली फेरेकी छन् । अरु सबै हो भन्छिन् सम्बन्ध हैन् भनेकि छिन्’, तनहुँ अदालत स्रोतले भन्यो । उनले हैन् भने पनि प्रमाणले पुष्टी गर्ने स्रोतको भनाइ छ । पीडित भनिएको नाबालिगको मात्र बयान भएको र आरोपपत्र दायर गर्ने उनका बुवाको बयान भने बाँकी रहेको अदालत स्रोतको भनाइ छ । बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुने छ । ‘पीडितको बकपत्र सकिएको छ । पीडितको बुवा आएको खण्डमा सोमबार वकपत्र हुनेछ’, अदालत स्रोतले भन्यो ।

न्युज कारखाना