🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवाहरूमा फैलदो रोग माइग्रेन  : माइग्रेनबाट बच्ने उपायहरू

 अहिले माइग्रेन रोग युवाहरूमा तीब्ररुपमा बढ्दै गइरहेको छ । हतारको जिन्दगी, ढिला सुत्ने बानी, बिहान ढिला उठ्ने बानी, अव्यवस्थित खानाको समय एवं बढी तनाव लिने युवाहरूमा माइग्रेन बढी देखिन थालेको हो । सावधान हुन सकिएन भने यो जीवनमा खतरा बन्न सक्छ । यदि समयमा नै विज्ञ तथा चिकित्सकस“ग सल्लाह लिन सकेमा यसलाई सामान्यरुपमा नै नियन्त्रण गर्न सकिन्छ । तर, यसबाट ठीक हुन केही समय लाग्न सक्छ । माइग्रेन रक्त वाहिनीहरूबाट रगत नर्भहरूमा फैलिनु र यसबाट निस्कने केही केमिकलका कारण हुन्छ । माइग्रेनको ४ वटा अवस्था हुन्छ ती प्रोडाम, आरा, हेडेक र पोस्ड्रोम हुन् । खास कुरा त के छ भने अहिले युवाहरू माइगे्रनबाट बढी प्रभावित भएको पाइन्छ । अहिले औषधिले माइग्रेन रोगबाट पूर्णरुपमा हुन सकिन्छ । यसको अलगअलग अवस्थाको आधारमा यसबाट पूर्णरुपमा निको हुन पनि अलगअलग समय नै लाग्दछ ।  
 

माइग्रेनका लक्षणहरू
–आधा टाउको दुख्ने र विस्तारै बढ्दै जाने । 
–टाउको दुख्नुको साथसाथै बान्ता आउने । 
–टाउको को दुखाईको साथसाथै पखाला लाग्नु । 
–विस्तारै विस्तारै आखा धमिलो हु“दै जानु । 
–टाउको दुख्नुभन्दा पहिले शरीर आलस्य हुनु, धेरै निद्रा लाग्नु । 

माइग्रेनबाट बच्ने उपायहरू

–सुत्ने र उठ्ने समय निश्चित गर्ने प्रयास गर्ने । सकिन्छ भने राति छिटो र बिहान छिटो उठ्ने प्रयास गर्ने । 
–समयमा भोजन गर्नु । लामो समयसम्म ब्रत नबस्नु ।
–कफीयुक्त पदार्थ एवं चियाको सेवन एकदमै कम गर्ने । 
–धेरै उज्यालोबाट टाढा रहने ।