🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल वायु सेवाका दुई विभागीय प्रमुख हटाइए : दुई पाइलट कारवाहीपछि ग्राउण्डेड

काठमाडाैं । नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएपछि संस्थागत सुधारका कामहरूले तिव्रता पाएकाे कर्मचारीहरू बताउछन् । जहाजहरूकाे नियमित उडान, मर्मत सम्हारका साथै राम्राे काम गर्ने कर्मचारीलाई  प्राेत्साहन र अनुशासनहीन काम गर्ने कर्मचारीलाई दण्डित गर्ने कार्यकाे सुरूवात गरिएकाे कर्मचारी संगठनका एक नेताले बताए ।

स्राेतका अनुसार, व्यवस्थापनले केही निर्देशक(विभागीय प्रमुख) तथा कर्मचारीहरूकाे विभाग हेरफेर समेत गरेकाे छ । नेपाल वायु सेवा निगमकाे अप्रेशन विभाग प्रमुख रहेका दिपु जुहारचनलाई साे विभागबाट हटाएर सबै भन्दा वरिष्ठ पाइलट (१० औं तह) रविन्द्र शेरचनलाई अप्रेशन विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ । त्यसैगरी साधारणा सेवा तथा सम्पत्ति व्यवस्था विभागका निर्देशक पनि हटाइएकाे छ ।   

दुई पाइलट ग्राउण्डेड

नेपाल वायु सेवा निगमकाे फ्लाइट सिप्टीकाे सिफारिस बमाेजिम दुई पाइलटलाई व्यवस्थापनले ग्राउण्डेड गरेकाे पत्र दिएकाे खबर छ । स्राेतका अनुसार, २०७८ चैत २५ गतेकाे फ्लाइट सिप्टीकाे सिफारिस बमाेजिम कमाण्डर पाइलट प्रशान्त राई र गृष्म श्रेष्ठ ग्राउण्डेड भएका हुन् ।