काठमाडौं, चैत्र २० \\ नेकपा एमाले र माओवादी केन्द्रको पार्टीएकीकरण घोषणा बैशाख ९ गते गर्नेगरी तैयारी शुरु गरिएको छ।
राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले पार्टी एकता संयोजन समितिलाइ बुझाएका प्रतिवेदनमाथि छलफल गर्दै आज नेताहरुले बैशाख ९ मा पार्टी एकता घोषणाको प्रयास गर्ने बताएका हुन्।
दुबै कार्यदललाइ भङ्ग गरिएको र प्रतिवेदनमा मिल्न बाँकी रहेका विवादका विषय २२ गते बस्ने एकता संयोजन समितिको बैठकले टुङ्गो लगाउने समझदारी भएको नारायणकाजि श्रेष्ठले बताए।
माओवादीले विधानमा ‘जनयुध्द’ उल्लेख गर्नुपर्ने, पार्टीको केन्द्रीय तहमा बराबरी हैसियत र चुनाव चिह्न हँसिया-हथौडा राख्नुपर्ने माग गरेको छ।
एमालेका नेताहरुले सङ्गठन र चुनावी परिणाम अनुसारको हैसियतसहित साङ्गठनिक संरचनाको आधार बनाउनुपर्ने भन्दैआएका छन्।



