🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भन्सार छली चोरी पैठारी गरी ल्याईएका मोवाइलसहित पक्राउ

 

 
 

काठमाडौं, भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं नागार्जुन नगरपालिका-३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  

 

            भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-३ स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोवाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोवाइल फेला पारी उनलाई पक्राउ गरेको हो । 

 

उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।