🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बंगलादेशमा नेपाली रंगकर्मी पुडासैनीको प्रस्तुति

काठमाडौं, चैत १६ । बंगलादेशको ५० औं स्वतन्त्रता दिवस तथा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्मजयन्तीको अवसरमा बंगलादेशको विश्वविद्यालयमा भएको कार्यक्रममा नेपाली नाट्यसंस्था तथा रंगकर्मीले पनि सहभागिता जनाएको खबर छ ।

\"\"

जहाँगिरनगर विश्वविद्यालयको निमन्त्रणामा नेपालबाट वन वर्ल्ड थिएटरले सहभागिता जनाउँदै नाटक मञ्चन गरेको हो । रंगकर्मी राजकुमार पुडासैनी निर्देशित तथा अभिनित अनिसुर रेहमान लिखित काव्यात्मक मनोवाद ‘म शेख मुजिब’ मञ्चन गरिएको हो ।

सो नाटक वन वल्र्ड थिएटरले सन् २०२० मा पहिलोपटक मञ्चन गरेको थियो । नाटकलाई नेपाली र अंग्रेजी भाषामा तयार गरिएको थियो । सो नाटक बंगलादेशमा मञ्चन हुँदा केही प्रतिकात्मक संवाद बंगाली भाषामा पनि प्रस्तुत गरिएको थियो । जसका लागि विश्वविद्यालयका प्राध्यापक मोहिबुर रउफ शैबल, नवरिन निपु, रिदी बसाकले साथ दिएका थिए ।

साता व्यापी भ्रमणका क्रममा रंगकर्मी पुडासैनीले बंगलादेशमा कार्यशाला पनि सञ्चालन गर्ने वन वर्ल्ड थिएटरले जनाएको छ । वन वर्ल्ड थिएटर काठमाडौंमा सक्रिय नाट्य संस्था हो ।