🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आठ महिनामा २८ अर्बभन्दा बढीको सुन नेपाल भित्रियो 

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा ४ हजार ४४.५ केजी सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो । उक्त मात्रामा सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ । सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।