🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 दुई सातामा ४ लाख ४३ हजार भेटी संकलन

खोटाङ।खोटाङको त्रि–धार्मिक स्थल हलेसीबाट दुई सातामा ४ लाख ४३ हजार भेटी स‌ंकलन भएको छ ।  १६ फागुनदेखि ३० फागुनसम्मको अवधिमा हलेसी मन्दिरमा रहेको शिव पार्वती थान तथा दान पेटिकाबाट ४ लाख ४३ हजार २३० रुपैयाँ भेटी संकलन भएको हो ।

हलेसी गुफाभित्र रहेको शिव पार्वती थानबाट ३ लाख ३३ हजार ३५० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ४१ हजार ६०५ रुपैयाँ, बसाहा थानमा राखिएको दानपेटिकाबाट ५० हजार ९७५ रुपैयाँ र गणेश मन्दिरमा राखिएको दान पेटिकाबाट १३ हजार ३०० रुपैयाँ  जम्मा भएकाे हलेसी सूचना केन्द्रले जनाएको छ । यस अवधिमा ढ्याके सतहीबाट ४ हजार रुपैयाँ जम्मा भएको छ । 

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको हलेसीबाट दुई हप्ताको अवधिमा भएको आम्दानीमध्ये १ लाख ३४ हजार ९४९८ रुपैयाँ खर्च हुँदा ३ लाख ८ हजार २८२ रुपैयाँ बचत भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

सूचना केन्द्रले हलेसी आएका दर्शनार्थी र पर्यटकले मन्दिर तथा दान पेटिकामा चढाएको रकमलाई आम्दानीका रुपमा बाँधेर आयव्यय सार्वजनिक गरिएको छ । बचत रकम माछापुछ्रे बैंकको हलेसी शाखामा रहेको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ । यस अवधिमा दर्शनार्थीले ३ हजार ७०० भारु, चाँदी १९.६९ तोला र सुन १.२ ग्राम चढाएको सूचना केन्द्रले जनाएको छ ।