🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाेर्ड सदस्य लामाकाे अन्तरिम आदेशकाे फन्दामा पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्डमा बोर्ड सदस्य नियुक्त भएका लीला लामाको चर्तिकलाले नयाँ मोड लिएको छ । बैंकिङ कसुरमा जेल सजाय भोगेकाे र राजनीतिक पहुँचकै भरमा लामाको बोर्ड सदस्य नियुक्तिको विषय विवादमा तानियो । लामाको बोर्ड सदस्य नियुक्तिको विषय  पर्यटन मन्त्रालयभित्र मात्र होइन् , नेकपा एकीकृत समाजवादीभित्र पनि ठूलो विवादको विषय बनाइएको थियो ।

त्यही कारण लामाले बोर्डका बैठकमा सहभागी हुने हिम्मत जुटाएका थिएनन् । बरु, राजीनामा दिने विकल्पमा पुगेका थिए । मन्त्री प्रेम आलेले पनि राजीनामा दिएर सहयोग गर्न आग्रह गरिरहेका थिए । स्राेत भन्छ,  त्यही कारण लामाले २०७८ फागनु १० गते लामाले मन्त्रालयमा राजीनामा दिएका थिए ।

   उक्त राजीनामा दिएको जानकारी पर्यटन बोर्डलाई पनि मन्त्रालयले जानकारी गराएको थियो । २०७८ फागुन १० गते लामाले राजीननमा दिएको र सोही दिन मन्त्री आलेले स्वीकृत गरेको पत्र बोर्डलाई   २०७८ फागुन २२ गते बाेधार्थ पत्र पठाइएको थियो ।

     लामाले राजीनामा दिएको पत्र बोर्डमा पठाएपछि लामाले सबैलाई चमत्कारिक खेल देखाउन प्रयास गरे । लामाको विषयमा विवाद चर्किएपछि मन्त्री आलेले राजीनामा नै गराउन दबाब दिएका थिए । लामाको राजीनामाका लागि बोर्ड उपाध्यक्ष चन्द्र रिजाललाई मनाउने जिम्मा मन्त्री आलेले दिएका थिए । बोर्डका सीईओ धनञ्जय रेग्मीलाई कारबाही गर्ने विषयमा रिजाल पनि सहमत  भएका कारण मन्त्री आलेसँग उनको सम्बन्ध निकै नजिकजस्तो भएको थियो ।

त्यही कारण रिजाल, एमालेका पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटाका पार्टनर लामालाई बोर्ड सदस्यबाट राजीनामा गराउन मन्त्री आलेले रिजालको सहयोग मागेका थिए । रिजालले मनाउने प्रयास पनि गरेका थिए । त्यहीकारण लामाले राजीनामा दिएको मन्त्रालय स्रोतको दावी छ ।

  लामाले राजीनामा दिएको विषय टुंगो लागेपछि एक्कासी लामाले आफूले राजीनामा नदिएको भन्दै पाटन उच्च अदालत गए । अदालतमा लामाले आफ्नो हस्ताक्षर कीर्ते गरी राजीनामा गरेको अफबाह फैलाएको तर आफूले राजीनामा नदिएको दावी गरेका छन । अदालतले आउने २०७८ चैत ६ गते दुवै पक्षलाई बोलाउने गरी लामाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । 

आईतवार अर्थात २०७८फागुन २९ गते लामाले अन्तरिम आदेश ल्याएका थिए । तर, मन्त्रालय स्रोत भने लामाले राजीनामा दिएको तर नयाँ बोर्ड सदस्य नियुक्ति प्रक्रिया अगाडि बढाउने भएपछि लामालाई उनीनिकटका केही व्यवसायीहरुले उचालेको भन्दै मन्त्रालयभित्र लामाको विषय कसरी टुंगो लगाउने भनेर छलफल भइरहेको छ ।

लामाको क्याफेमा कफी खाएर बोर्डका उपाध्यक्ष चन्द्र रिजालले भुक्तानीका लागि बोर्डमा पठाएको बिलको विषय अहिले पनि चर्चामा छ । रिजालले पिएको कफीको ७२ हजार भन्दा बढीको बिल यिनै लामाले बोर्डमा पठाएको केही महिना भइसकेकाे स्राेत  बताउछ । बोर्ड सदस्यले बैठक भत्ताबाहेक सुविधा पाउने व्यवस्था छैन । त्यसैले रिजालको कफीको भुक्तानी गर्ने विषयमा पनि बोर्डमा विवादित रहेकाे स्राेतले बतायाे ।

त्यही कफी काण्डमा मुछिएका लामा बोर्ड सदस्यमा नियुक्त भएपछि बोर्डमा थप हंगामा भइरहेको छ । लामालाई बोर्ड सदस्य छनौट समितिका सदस्य राजेन्द्र सापकोटा, शहरी विकास मन्त्री रामकुमारी झाक्रीको समेत सहयोगमा बोर्ड सदस्यका लागि छनौट गरिएको थियो ।

   सापकोटा र चन्द्र रिजालसहित अन्य केही मिलेर लामालाई मन्त्री आलेसम्म पुर्याउने काम पनि गरेका थिए  तर छनौट सदस्यको सिफारिश गर्ने बेलामा सापकोटा भने लामालाई छोडेर रातरात आङपेम्वा शेर्पालाई सिफारिश गर्न कम्सिएका थिए । सापकोटाले अन्तिमसम्म शेर्पाको पक्षमा अडान राखेका थिए । रातारात सापकोटाले लामालाई छोडेर शेर्पाको पक्ष लिनुमा के रहस्य लुकेकाे हाेला भन्ने खुल्दुली भएकाे स्राेत बताउछ ।