🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महानिरीक्षक खनालबाट सि.सं. २८ गुल्मपति तथा स्टाफ तालिम समापन

काठमाडौं,राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम २०७८ फागुन २० गते शुक्रबार सम्पन्न भएको छ ।

  सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक युवराज खड्कालाई पुरस्कार प्रदान गर्नुकासाथै सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाणपत्र प्रदान गरिएकाे थियो ।

\"\"
महानिरीक्षक खनालबाट उक्त तालिम सफलतापूर्वक सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गरिएकाे थियो ।

त्यवअवसरमा महानिरीक्षक खनालले तालिमबाट दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै संगठनले व्यावसायिक तालिमका सिलेबसलाई समय सापेक्ष रुपमा परिवर्तन गर्दै  त्यसअनुरुप निरन्तर यस्ता तालिमहरु संचालन गर्दै आईरहेको बताए ।

 महानिरीक्षक खनालले तालिमबाट प्राप्त ज्ञान प्रशिक्षार्थीहरुले आफू मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै सामुहिक भावनाकासाथ पूर्ण व्यावसायिक भई कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरेका छन् ।

महानिरीक्षक खनालले तालिमले व्यक्तिगत बृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्दै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आईपर्न सक्ने भावी चुनौतीहरुलाई समेत परास्त गर्दै राष्ट्र र नागरिकको सेवा, सुरक्षा तथा आपद् विपदमा परेकाहरुको उद्वार कार्यमा क्रियाशील रहन राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसै अवसरमा निर्देशन दिएका थिए ।

१२ हप्ता अवधिको सो तालिम ३५ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् भने सो तालिममा सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेती उत्कृष्ट भएका छन् ।

 तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, बिभिन्न ऐन नियम, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकारलगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी तथा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।