🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एक जनाकाे निधन : थप १८० जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, १६ फागुन (रासस) : देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ३४१ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर विधीबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ९८४ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार  हजार ३८७ रहेको छ । पछिल्लो समय थप ४०० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार ४१३  पुगेको छ ।

सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ भने आज थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय  एक लाख ४१ हजार १२१ ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २३५ रहेको छ ।

अहिले होम आइसोलेशनमा आठ हजार २१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २१४ आइसीयुमा ८० र भेन्टिलेटरमा ६ जनाले उपचार गराईरहेका छन् ।