🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल आजलाई विज्ञापन, सेवासुविधाबाट बञ्चित गर्न मन्त्रालय र विभागलाई पत्र

काठमाडौँ । प्रेस काउन्सिल नेपालले नेपाल आज डटकम www.nepalaaja.com लाई प्रेस पास, विज्ञापन लगायत अन्य सुविधा नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई पत्राचार गरेको छ । पटकपटक पत्रकार आचारसंहिताको उल्लङ्घन गरी सचेत गराउँदा समेत अटेरी गरेपछि कालोसूचीमा राखिएको उक्त अनलाइनलाई सेवासुविधाबाट बञ्चित गर्न काउन्सिलले पत्राचार गरेको हो ।

काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको फागुन १३ गतेको बैठकले सो अनलाइनका विषयमा परेका उजुरी र गुनासाबारे छलफल गरी कालोसूचीमा राख्ने निर्णय गरेको थियो । नेपाल आज डटकमबाट अपुष्ट स्रोतको हवाला दिंदै एउटै विषयमा सिलसिलेवररूपमा, प्रायोजित एवं एकपक्षीयरूपमा सामग्रीहरू सम्प्रेषण गरेकोे, व्यक्तिगत चरित्रहत्या गरेको, गैरव्यावसायिक क्रियाकलाप गरेको, ‘ब्ल्याकमेलिङ’ गर्ने र आफ्ना गैर–व्यावसायिक माग पूरा नभए बिनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको,  गुनासा र उजुरी तथा सोबारे अध्ययन गर्न गठित कार्यदलको सिफारिस समेतका आधारमा कालोसूचीमा राख्ने निर्णय भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो ।

सोही बैठकले नेपाल आज डटकम र यसका सञ्चालकले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्दै व्यक्तिगत चरित्रहत्या गर्ने कार्यमा सुधार नगरेको, ‘ब्ल्याकमेलिङ’ गर्ने र आफ्ना माग पूरा नभए विनाआधार चरित्रहत्या गर्ने गरी समाचार प्रकाशन गर्ने गरेको, भ्रमपूर्ण सामग्री पटकपटक सम्प्रेण गर्दै आएको, पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र पत्रकार आचारसंहिताको सीमाभन्दा बाहिर गइ पत्रकारिता पेसाको चरम दुरूपयोग गर्दै आएको देखिएकोले सबै सेवा सुविधाबाट बञ्चित गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

कालोसूचीमा राख्ने शुक्रबारको निर्णयपछि उक्त अनलाइनले बेसरोकारको प्रतिक्रिया दिँदै आफ्नो गल्ती ढाकछोप गर्न गरेको टिप्पणीप्रति गम्भीर हुँदै काउन्सिलले यस्तो प्रवृत्ति नदोहो¥याउन सचेत गराएको छ ।