🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सप्तरीकोसी नगरपालिकामा ताला लगाउने क्रममा झडप, दुई जना घाइते

सप्तरी।सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । चार  दलका कार्यकर्ताले  लगाएको ताला फुटाएपछि पुन: आइतबार ताला लगाउने क्रममा झडप भएको हो ।

६ बुँदे माग राख्दै बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । जनप्रतिनिधिले गत शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको स्थानीयले बताए ।

झडपका क्रममा सप्तकोशी नगरपालिका-४ का वडा अध्यक्ष बद्रिनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अप्रिय घटना हुन नदिन नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सबै ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले २४ माघमा नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरूले तालाबन्दी गरेको हो।