🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भालुको पित्त र यार्सागुम्बासहित पक्राउ

कञ्चनपुर।भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई फागुन ७ गते शनिबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको हो ।

उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका कामीमाथि थप अनुसन्धानको कार्य भइरहेको छ ।