बनेपा । सरकारले बनेपा र धुलिखेलमा २०७८ माघ २७ गते बिहानैदेखि कडा सुरक्षा व्यवस्था गर्दै सुरक्षा निकायका सबै अंगहरू परिचालन गरेकाे छ । बनेपा र धुलिखेलका सडक भरी प्रहरी र सेना समेतकाे परिचालन गरिएकाे छ ।

पत्रकारहरूका अनुसार, धुलिखेलमा चाहिं नेपाली सेना समेत परिचालन गरिएकाे छ । स्राेतका अनुसार, सभामुख अग्निप्रसाद सापकोटाले सातै प्रदेश सभामुखहरूलाई धुलिखेलकाे होटेल सारथीमा प्रशिक्षण दिने कार्यक्रम रहेकाे बताइएकाे छ ।
साे कार्यक्रम र एमालेले नेकपा एकीकृत समाजवादीका अवैधानिक सांसदहरूलाई कारबाही माग गर्दै संसद र सडकमा आन्दोलन गरिरहेको छ ।
एमालेकाे संसद र सडकमा आन्दोलनकै क्रममा सभामुख अग्नि सापकाेटालाई बनेपा र धुलिखेलमा कालो झन्डा देखाउने तयारीकाे सूचना काभ्रे प्रशासनले पाएपछि एमालेले सडक अवरोध गर्ने आशंकामा यस्तो नेपाली सेना सेनालगायतका सुरक्षा दस्ता परिचालन गरेकाे खबर छ ।



