🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बीमा समितिले ग¥यो ११ बीमा कम्पनीहरूलाई दस हजार दण्ड

काठमाडौँ, १८ माघ : लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बीमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष  २०७६/७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।

यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ छन् ।

बीमा ऐन, २०४९ अनुसार बीमा कम्पनीले आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आ.व. सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने व्यवस्था छ । ती बीमा कम्पनीले यही व्यवस्थाको बर्खीलाप गरेको पाइएको छ ।

(रासस)
–––