एक बेहुलाले आफ्नी नवदुलही (श्रीमती) उनकै प्रेमीलाई खुसी खुसी फिर्ता गरिदिएको सायदै सुनिएको छैन होला । तर, एक खबरका अनुसार, भारतको सुदरगढ जिल्लाको एक गाउँमा बस्ने २८ बर्षीय युवक वासुदेव टप्पुले २४ बर्षीय एक युवतीसँग विवाह गरेका थिए । यी दुवै जोडीको जन्म किसान परिवारमा भएको थियो । यी दुईको विवाह पूर्ण रीतिरिवाजका साथ भएको थियो । विवाहको केही दिनपछि बेहुलालाई आफ्नो दुलहीको प्रेमी भएको थाहा भयो । विवाह भएको ६ दिन पछि उनले आफ्नी नव दुलहीलाई उनकै प्रेमीलाई फिर्ता उठाएर चर्चित बनेका छन् । यही कुरालाई लिएर परिवारमा पनि खटपट भयो । शुरुमा ती बेहुलीको प्रेमीलाई मानिसहरूले कुटे । पछि बल्ल ती युवकले आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार गरे । तत्पश्चात बेहुलाको परिवारले नै ती बेहुलीको उनको प्रेमीसँग धुमधाम विवाह गराइदिए । यदि बासुदेवले यसो नगरेको भए तीनजनाको जीवन वर्वाद हुने थियो । अहिले सबै खुसी छन् ।



