🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन आइ सी एशिया बैंकका नयाँ सीईओको नयाँ प्रतिबद्धता

काठमाडौं । एन आइ सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदवाट दिएको राजीनामा  २०७४ चैत २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । का.मु. प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले बताएको छ ।

 प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका श्री न्यौपानेज्यू एन आई सी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर १० लाख भन्दा बढी  सेवाग्राहीहरुको बैंक बन्न सफल भएको बैंकले दावी गरेको छ । बैंकको, जम्मा १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।  न्यौपानेको नेतृत्वमा बैंकलाई थप ग्राहकमैत्री बनाई बैंकिङ्ग सेवामा उत्कृष्टता हासिल गर्ने बैंकले  विश्वास लिएको जनाएको छ ।

नवनियुक्त बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैंकका आदरणीय ग्राहक महानुभावहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरी वहाँहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा सदा प्रतिवद्ध रहन सबै ग्राहक महानुभाव, कर्मचारी तथा बैंकसँग प्रत्यक्ष एवम् अप्रत्यक्ष तवरबाट जोडिएका सबै बर्गमा अनुरोध पनि गरेका छन्।