🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेना र पत्रकारमा राष्ट्र र जनहित प्रवर्द्धन गर्ने साझा दायित्व

काठमाडौँ, २९ पुस (रासस) : नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवर्द्धन गर्ने साझा जिम्मेवारी भएको बताउनुभएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ तथा परिचयात्मक कार्यक्रममा उहाँले दुवै पक्षले एकअर्काका कार्य जिम्मेवारी र प्रकृति बुझेर पारम्परिक सद्भावका आधारमा अघि बढ्न सकिने उल्लेख गर्नुभयो ।
प्रवक्ता सिल्वालले भन्नुभयो, “सञ्चारजगत्लाई बुझ्ने र सेनालाई हेर्ने दृष्टिकोणमा देखिने खाडललाई कार्यसम्पादनका आधारमा अन्त्य गर्नुपर्छ ।”

    निवर्तमान प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रवक्ताको जिम्मेवारीमा रहेपछि पत्रकारिताप्रतिको आम धारणा र आफ्नो बुझाइ गलत सावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता जगतले राष्ट्रिय सुरक्षाका सवालमा अत्यन्तै सजग र संवेदनशील भई उच्च प्राथमिकता दिएको पाएँ, जुन मैले सोचेकोभन्दा फरक रह्यो । कार्यप्रकृति, क्षमता  र प्रभाव अलगअलग हुने भएकाले सबै मिडियालाई एउटै आँखाले हेर्न नहुने रहेछ । जनता र राष्ट्रहितका सबैको एउटै गतिमा अघि बढ्न जरुरी छ ।”

    राजधानीबाट प्रकाशित एवं प्रसारण हुने राष्ट्रिय सञ्चारमाध्यममा नेपाली सेनाका बिटमा समाचार लेख्ने पत्रकारको कार्यक्रममा सहभागिता थियो । प्रवक्ता सिल्वालले आजै आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो । निवर्तमान प्रवक्ता पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भइसकेको छ ।