🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अछाम एमाले अधिवेशन : बन्दसत्र भोलि

अछाम। नेकपा एमाले अछामका इञ्चार्ज झपट बोहराले नेपाली कांग्रेसको नेतृत्वमा पटक पटक सरकार बने पनि जनताका लागी कुनै उपलब्धि  हासिल हुन नसकेको बताएका छन् ।

सडक, खानेपानी, सिचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि सबै केपी शर्मा ओली सरकारले अघि बढाएको उनको दाबी थियो । नेकपा एमाले अछामको आठौँ जिल्ला अधिवेशनको उदघाटनमा केन्द्रीय सदस्य समेत रहेका नेता बोहराले आम नेपाली गणना गर्न लायक ऐतिहासीक उपलब्धि  कांग्रेस सरकारका पालमा हासिल नभएको बताए ।

एमाले अछामका सहइञ्चार्ज यज्ञ बोगटीले केपी शर्मा ओली सरकारको नेतृत्वले गरेका काम देखेर बिरोधीदल शशंकित भएको बताए । सडक, भूकम्पले भत्किएको संरचना, खानेपानी, लगायतको निर्माण तथा राष्ट्र र राष्ट्रियताको बारेमा केपी ओली मात्र बोल्न सकेक उनले बताए ।

पार्टीमा नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेबाट मालिका रंगशालामा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा ७ सय बढी प्रतिनिधी सहभागी हुने एमालेले जनाएको छ।