🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आर्थिक हिनामिना गरेका बैंकका सिइओलाई पक्राउ गर्न माग

विराटनगर, १२ पुस (रासस) : सप्तकोशी बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् ।

    हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदीले फर्जी कारोबार गरी हिमाललाई फसाएको प्रशस्त प्रमाण फेला परेको जानकारी दिनुभयो ।

बैंकमा करिब रु १६ करोड हिनामिना भएको र सो रकम प्रमुख कार्यकारी सुवेदीकी बहिनी भनिने बबिता सुवेदीको खाताबाट करिब रु १४ करोडभन्दा बढी रकमको कारोबार देखिएकाले सुनियोजित तरिकाले भट्टराई फँसेको बताइएको छ ।

    रकमको कारोबार हुने शाखामा नरहेका भट्टराईलाई प्रमुख कार्यकारी सुवेदीले नै पटकपटक रकम झिक्न लगाई सो रकम लिने गरेको हिरासतमा रहेका हिमालले आफ्ना बुबालाई भनेका छन् । “मेरो छोरा निर्दोष छ । परिबन्दमा परेर फसेको हो”, बुबा अमृतप्रसादले भन्नुभयो ।
–––