🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशैभर अवैध लागूऔषधकाे काराेवार बढ्दै : एकै दिन ६ जना पक्राउ

काठमाडौं, ६ पुस । भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पात्लेटारबाट १ किलो अवैध लागूऔषध गाँजा र करिब ३ सय ४० ग्राम पोल्याण्ड सहित सोही ठाउँ बस्ने ५३ वर्षीय सुन्दर न्यौपानेलाई पुस ५ गते सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ औधोगिक क्षेत्रबाट करिब २ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय रत्न बहादुर बुढा समेत २ जनालाई पुस ५ गते सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले  जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    मोरङ, मिक्लाजुङ गाउँपालिका-६ कसेनीबाट करिब १५ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने १ थान यन्त्र, को.३२ प ७६०२ नम्बरको मोटरसाइकल, १ थान मोबाईल र नगद ५ हजार २५ रुपैयाँ सहित सोही ठाउँ बस्ने २६ वर्षीय विक्रम लावतीलाई पुस ५ गते सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    दाङ, लमही नगरपालिका-९ अमिलिया बजारबाट करिब १ सय ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके नेपालगंज  उपमहानगरपालिका-१८ बस्ने ४५ वर्षीया चन्दा राना समेत २ जनालाई पुस ५ गते सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट करिब १० किलो १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण कुमार सुनारलाई पुस ५ गते सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्दा उनको झोलामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।