🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउदीमा अप्रत्यासित घटनाः विश्वभरका डीजको बेजोड प्रस्तुतिमा झुम्यो शाही परिवार

रियाद, ६ पुस : यो साता साउदी अरेबियामा अप्रत्यासित घटना भएको छ । मुस्लिम देश साउदीमा एउटा उन्माद सांगीतिक कार्यक्रम आयोजना भएको छ । धुमधामका साथ चार दिनसम्म सांगीतिक उत्सव मनाइएको छ ।

उत्सवमा अन्तर्राष्ट्रिय डीजेहरुले आफ्नो बेजोड प्रस्तुति दिएका थिए । सांगीतिक महोत्सवमा साउदी शाही परिवारको उत्साहजनक उपस्थिति थियो । सांगीतिक  माहौललाई शाही परिवार बस्ने दरबार हाउस अफ साउदले स्वागत गरेको थियो । 

कार्यक्रममा विश्वभरका ख्यातिप्राप्त कलाकारहरुको जमघट थियो । टियस्टो, मार्टिन ग्यारिक्स, डेभिड ग्युटालगायत विश्वप्रसिद्ध डीजेको प्रस्तुतिमा शाही सदस्यहरु झुमेका थिए । ‘इतिहासमा नै पहिलो पटक साउदीमा महिला तथा पुरुषले सँगै नृत्य गरेका थिए । यस एतिहासिक कार्यक्रममा सहभागी हुन पाउँदा मलाई साह्रै खुसी लागेको छ,’ डीजे डेभिड ग्युटेले भने । 

साउदीको ‘ठूलो क्रान्ति’ को साक्षी बन्दा महिला र पुरुषबीच कुनै विभेद देखिएको थिएन, न त कुनै महिलाले अनुहार ढाक्ने वस्त्र नै लगाएका थिए । त्यस्तै, कार्यक्रममा कुनै धार्मिक प्रतिबन्ध थिएन् । रेड सी इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन सांगीतिक धमका देखिएको थियो । फेस्टिबल निकै रमाइलो भएकाे सहभागीले बताएका छन् । 

एजेन्सी