🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीलंकामा जब चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे…

 

कोलम्बो, २ पुस : दक्षिण एसियामा चीनको उपस्थिति जबरजस्त बढिरहेको छ । आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा राखेको छ । यसको उदाहरण हालै श्रीलंकामा देखिएको छ ।

श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले पुरै दक्षिण एसियामा चर्चा पाएको छ । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको छ ।

बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् ।

एक हिन्दु श्रद्धालुको भेषभुषामा धोती लगाएर प्रसादको टोकरी बोकेको अवस्थामा मन्दिरमा राजदूत झेनहोङ देखिएका छन् । अर्कोतिर मन्दिरबाहिर उपस्थित भक्तजनलाई फलफुल बाँडिरहेको अवस्था चिनियाँ राजदूत देखिएका छन् ।

मन्दिरका अलावा चिनियाँ राजदूत उत्तरी श्रीलंकाका उच्च अधिकारीसँग भेटिरहेका छन् । तर चर्चा भने मन्दिरको दर्शन गरेकोमा भएको छ । यसबाट चीनले धेरै सन्देश दिएको विश्लेषकहरुले बताइरहेका छन् ।

मुख्य त उत्तरी श्रीलंकाको तमिल बहुल क्षेत्रमा चिनियाँ प्रभाव बढाउनु रहेको श्रीलंकाका विश्लेषक एस सतीसमोहनको बुझाई छ । हिन्दु मन्दिरमा हिन्दु भेषभुषामा जानु भारतका लागि चीन पनि उत्तरी श्रीलंकामा आएको सन्देश भएको उनी बताउँछन् ।

तमिलनाडुसँग विशेष सम्बन्ध भएको उत्तरी श्रीलंकामा भारतको राजनीतिक र सांस्कृतिक प्रभाव छ । पछिल्लो समय श्रीलंकामा चिनियाँ लगानी निरन्तर बढिरहेको छ । अब चीनले उत्तरी श्रीलंकामा आफूलाई केन्द्रीत गरेको र यसैअन्तर्गत सांस्कृतिक डिप्लोमेसी अपनाएको विश्लेषण हुन थालेको छ ।

खासगरी चीनको यो कदमलाई भारतमा चिन्ताका रुपमा हेरिएको छ । भारतीय राजनीतिमा चिनियाँ राजदूतको धार्मिक गतिविधिले चर्चा पाएको छ ।

तस्बिर : चिनियाँ राजदूतावास, कोलम्बो ।

न्युज कारखाना

 
 

\"Avatar\"