🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१८ लाख ७१ हजार डोज खोप आइपुग्यो, भोलि र पर्सि २१ लाख बढी डोज आइपुग्ने

काठमाडौं, २९ मंसिर : नेपालमा कोरोनाविरुद्धको थप  १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बुधबार भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्डको १८ लाख ७१ हजार डोज खोप आएको हो । 

स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार र शुक्रबार पनि खोप आउने छ । उक्त दिन जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउन लागेको हो ।

विभागका अनुसार बिहीबार विहान पौने ८ बजे ७ लाख १९ हजार र बाँकी १४ लाख ५७ हजार डोज खोप आउन लागेको हो । उक्त खोप युनिसेफमार्फत आउन लागेको हो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । 
न्युज कारखाना